काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर तोलाको एक लाख १५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, तेजाबी सुन तोलाको एक लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तैगरी, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।