२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पलेशालाई प्रधानमन्त्री ‘प्रचण्ड’ ले दिए बधाई

अ+ अ-

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का संरक्षक एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनलाई बधाई दिएका छन्।

चीनको हाङचाओमा भएको चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा ऐतिहासिक पदक जित्न सफल पलेशा गोवर्द्धनलाई बुधबार प्रधानमन्त्री प्रचण्डले कार्यालयमा भेट गर्दै बधाई दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले पलेशालाई सिंहदरबारमा भेटी बधाई दिएका हुन्। सोही अवसरमा प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पनि दाहालले बधाई दिएका थिए।

भेटमा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलगायतको उपस्थिति थियो।

पलेशाले के– ४४ क्याटगोरीको महिला ५७ केजी मुनिको तौल समूहमा कांस्य पदक जितेकी थिइन्। पलेशाले जितेको पदक नेपालले एसियाली पारा खेलकुदमै जितेको पहिलो पदक पनि हो।

काठमाडौं महानगरपालिका–२८ बागबजार निवासी पलेशा सन् २०१६ मा पारा राष्ट्रिय टिममा आबद्ध भएकी थिइन । उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलमा स्वर्ण पदक जितिसकेकी छन् ।

पलेशाले यसअघि सन् २०२१ मा बहराइनमा भएको एसियाली युथ पारा गेम्समा स्वर्ण जितेकी थिइन्। २०१८ मा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपकी कास्य विजेता २० वर्षीय पलेशाले जापानमा भएको टोकियो पारा ओलम्पिक– २०२० मा दुई ‘बाउट’ जितेर इतिहास रचेकी थिइन्।

राष्ट्रिय टिममा आबद्ध भएपछि पलेशाको ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता सन् २०१७ मा दक्षिण कोरियाको छुनचियोनमा भएको तेस्रो एसियाली पारा तेक्वान्दो खुला च्याम्पियनसिप हो। त्यसमा उनी पाँचौ भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस