७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिकोणात्मक ट्वान्टी २० शृङ्खलामा युएईले हङकङलाई ६ विकेटले हरायो

अ+ अ-

काठमाडौँ । यूएई त्रिकोणात्मक ट्वान्टी २० सिरिजमा आइतबार हङकङलाई ६ विकेटले पराजित गर्दै फाइनल प्रवेशका लागि बलियो प्रत्याशी बनेको छ । सिरिजमा युएईको यो पहिलो जित हो । यो जितसँगै युएईको दुई खेलबाट दुई अङ्क भएको छ ।

हङकङ अहिलेसम्म जितविहीन रहेको छ । तीन खेल खेलिसकेको हङकङ अङ्कविहीन छ । आयोजक नेपाल भने यसअघि नै लगातार तीन खेल जितेर ६ अङ्कका साथ फाइनल पुगिसकेको छ ।

काठमाडौँको मूलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा जितका लागि १ सय ५० रनको लक्ष्य पाएको युएईले ४ विकेट गुमाएर १८ ओभरमा १ सय ५३ रन बनायो । उसका लागि ओपनर तथा कप्तान मोहम्मद वासिमले सर्वाधिक ४० रन बनाए । वासिमले यसका लागि १७ बलको मात्र उपयोग गरे र चार चौका तथा तीन छक्का प्रहार गरे । त्यस्तै अर्का ओपनर खालि साहले ३७ रन जोडे ।

बलिङतर्फ हङकङका यसिन मुर्तजाले २ विकेट लिएका थिए । निजाकत खान र एसशान खानले समान १–१ विकेट लिएका थिए ।

पहिले ब्याटिङ गरेको हङकङले पाँच विकेटको गुमाएर १ सय ४९ रन बनाएको थियो ।

उसका लागि बाबर हयातले ४५ बलमा ६६ रन बनाएका थिए । उनले तीन चौका तथा पाँच छक्का प्रहार गरे । अजिज खानले नटआउट रहेर ४३ बलमा ४८ रन बनाएका थिए ।

बलिङतर्फ युएईका जहुर खानले ३ विकेट लिएका थिए भने निलानस केशवानीले २ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस