२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैद मिनाहा पाएको एक महिनामै हत्या आरोपमा फेरि पक्राउ

अ+ अ-

काठमाडौँ । संविधान दिवसका दिन राष्ट्रपतिबाट कैद मिनाहा पाएका व्यक्ति २५ दिनपछि पुनः हत्या आरोपमा पक्राउ परेका छन् ।

गत ३ असोजमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा पाएका रुकुमपश्चिमको सानीभेरी गाउँपालिका-९ सिम्लीका ३३ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर बिक मुसीकोट नगरपालिका-७ साँखकी २८ वर्षीया भावना बिकको हत्या हत्या आरोपमा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार लोकबहादुर र भावना आइतबार रुकुम पश्चिमको खलंगास्थित होटेल सत्कारमा बसेका थिए । भावना मङ्गलवार बिहान होटेलको कोठा नम्बर १ मा मृत भेटिएकी थिइन् ।

मुसीकोट नगरपालिका-१ छिङस्थित माइतीघरमा बस्दै आएकी भावना र लोकबहादुरबीच लेनदेनको विषयमा विवाद भएपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ ।

प्रहरीले घटनास्थलबाट चक्कु, चक्कुको खोल, मोबाइल, लोकबहादुरको घरबाट ८५ हजार ८३५ रुपैयाँ नगद पनि बरामद गरेको छ ।

आइतबार होटेल सत्कारमा पुगेका उनीहरूले त्रिवेणी गाउँपालिकाका विकास केसीको नामबाट होटेलको कोठा बुक गराएका थिए । नातामा श्रीमान् श्रीमतीको सम्बन्ध उल्लेख गरेका उनीहरूले होटलमा दिएको नाम र विवरण गलत रहेको प्रहरीले जनाएको छ ।

बहुविवाह मुद्दामा जेल परेका लोकेन्द्रलाई असल चालचलन भएको कैदीका रूपमा मन्त्रिपरिषद्को सिफारिसमा ३ असोजमा राष्ट्रपतिले कैद मिनाहा गरेका थिए ।

उच्च अदालत सुर्खेतले २०७६ जेठ ९ गते एक वर्ष कैद सजाय सुनाएका लोकबहादुर ०७९ फागुन १४ गते जेल परेका थिए ।

प्रतिक्रिया दिनुहोस