२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अजिरकोटमा खादा र प्लाष्टिकका बोतल प्रयोगमा निषेध

अ+ अ-

गोरखा । गोरखाको अजिरकोट गाउँपालिकामा पालिकाभित्र सार्वजनिक कार्यक्रममा खादा र प्लाष्टिकजन्य सामग्री प्रयोगमा निषेध गरिएको छ ।

गाउँपालिकाले पालिकाभित्र हुने सार्वजनिक कार्यक्रममा बाहिरबाट आयात गरेर ल्याइने खादा, प्लाष्टिकका बोतल र प्लाष्टिकजन्य सामग्री प्रयोगमा रोक लगाएको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए ।

‘स्थानीयरुपमा कृषकले उत्पादन गरेका फूलको प्रयोगमा जोड दिँदै बाहिरबाट हुने आयातलाई रोक्न गाउँपालिकाले यस्तो निर्णय गरेको हो’, उनले भने, ‘अबदेखि पालिकाभित्र हरेक सार्वजनिक कार्यक्रममा खादाको सट्टामा स्थानीयस्तरमा उत्पादन हुने फूल र फूलबाट बनेका वस्तुलाई प्रयोगमा ल्याइनेछ ।’

अनावश्यक रूपमा खादाको प्रयोग बढ्दै जाँदा स्थानीयस्तरमा उत्पादित फूलले बजार नपाएर खेर जाने गरेको उनको भनाइ छ । खादा र प्लाष्टिकजन्य सामग्री भित्र्याउँदा पालिकाबाट एकातर्फ रकम बाहिरिने र अर्कोतर्फ किसानको उत्पादन, श्रम र पसिना खेर जाने अवस्था पनि आउने गरेकाले स्थानीय उत्पादनलाई प्राथमिकता दिने पालिकाको नीति तथा योजनाअनुसार यस्तो निर्णय गरिएको अध्यक्ष देवकोटाले बताए ।

‘अजिरकोट गाउँपालिका प्राकृतिक रूपमा एक भरिपूर्ण गाउँपालिका भएकाले यहाँको जङ्गलमा सप्तरङ्गी लालीगुराँसलगायतका अन्य विभिन्न प्रकारका फूल प्रशस्त रूपमा पाइन्छन्’, अध्यक्ष देवकोटाले भने, ‘तिनै उत्पादित फूलको अब भरपुर उपयोग गर्ने गरी योजना बनाएर काम गर्नुपर्छ, त्यसका लागि गाउँपालिकाले चालेको पहिलो र महत्त्वपूर्ण निर्णय पनि हो ।’

गाउँपालिकाले चालु आवको नीति तथा कार्यक्रमै पालिकाभित्रका सार्वजनिक कार्यक्रममा खादा र प्लाष्टिकजन्य सामग्री प्रयोगलाई हटाउने नीतिगत निर्णय गरेको थियो । सोहीबमोजिम कार्यपालिकाको बैठक बसेर पालिकाभित्र खादा र प्लाष्टिकजन्य समानमा पूर्णरुपमा रोक लगाउने निर्णय गरेको अध्यक्ष देवकोटाको भनाइ छ ।

निर्णयसँगै अब सार्वजनिक कार्यक्रममा प्लाष्टिकका बोतलको पानी र अन्य प्लाष्टिकजन्य सामानको प्रयोग पनि गर्न नपाइएको उनले बताए । पालिकाको निर्णयले पालिकामा पर्यावरण सुरक्षित राख्न तथा अजिरकोटलाई स्वच्छ, सफा र हराभरा पनि सहयोग पुग्ने गाउँपालिकाले विश्वास लिएको अध्यक्ष देवकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस