काठमाडौँ । इजरायलमा रहेका २०० भन्दा बढी नेपालीले घर फर्किन नाम टिपाएका छन् । हमास समूहले शनिबार गरेको आक्रमणमा १० नेपालीको मृत्यु भएको थियो ।
अहिले पनि केही सम्पर्कविहीन छन् भने कतिपय सुरक्षित स्थानको खोजीमा छन् । उनीहरूमध्ये ३२ जनालाई त्यहाँको सेनाले बङ्करबाट उद्धार गरेर सुरक्षित स्थानमा लगेको छ ।
तेल अबिबस्थित नेपाली दूतावासले स्वदेश फर्किन चाहने नेपालीहरूको विवरण सङ्कलन गर्न अनलाइन रजिस्ट्रेसन समेत सुरु गरेको छ ।
अहिलेसम्म २०० भन्दा बढीको विवरण सङ्कलन भइसकेको भन्दै दूतावासले भनेको छ, ‘इजरायलमा रहनु भएका सम्पूर्ण नेपालीहरूलाई संयमता अपनाई दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न हार्दिक अनुरोध गरिन्छ ।’