२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायली समकक्षीसँग संवाद गरेर नेपालीको उद्धार गर्न एमालेको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले इजरायलमा हमासको आक्रमणमा परेका नेपालीलाई उद्धार गर्ने काममा एक मिनेट पनि ढिलाइ नगर्न सरकारको ध्यानाकर्षण गरेको छ ।

आइतबार सदनमा विशेष समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले सो आक्रमणमा परी बन्दी जीवन बिताइरहेका नेपालीको तत्काल उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले त्यहाँका समकक्षी बेन्जामिन नेतान्याहूसँग तत्काल संवाद गर्नुपर्ने बताए ।

आक्रमणमा घाइते नेपालीहरूको उपचार गर्ने काममा ढिलाइ नगर्न पनि उनले सरकारलाई सचेत गराए । विदेशमा रहेका नागरिकहरूको पीडालाई तत्काल सम्बोधन गर्ने दायित्व सरकारको भएकाले यो कामलाई प्रभावकारी ढङ्गले अघि बढाउनुपर्ने गिरीको भनाइ छ ।

उनले भने, ‘हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनीहरू पनि त्यो घटनामा परेको र केही गम्भीर घाइते भएको, केही अहिलेसम्म हराइरहेको र केही अत्यन्तै कष्टपूर्ण स्थितिमा घर भित्र लुकेर बस्नु परेको काम गर्ने कारखाना, नर्सिङ होमलगायतका ठाउँहरूमा लुकेर बस्नुपरेको र छिटो भन्दा छिटो आफ्नो जीवन उद्धार गर्नका लागि अपिल गरेका विभिन्न कुराहरू बाहिर आएका छन । एक मिनेट पनि उहाँहरूको जीवन रक्षाका निम्ति हामीले ढिलाइ गर्न सक्ने अवस्था छैन । यो देशमा सरकार छ । मुलुकमा राज्य छ । ती नागरिकहरूको अभिभावक यो सरकार हो भने यसमा सरकारले अत्यन्तै प्रभावकारी ढङ्गले आफ्ना कदमहरूलाई अगाडि बढाउनु पर्छ भन्ने म ठान्छु । सरकारले एउटा विज्ञप्ति जारी गरेर मात्रै पुग्दैन सभामुख महोदय । सरकारले संसदमा आएर त्यहाँको घटनाको विवरण दिएर मात्रै पनि पुग्दैन सभामुख महोदय । देशको प्रधानमन्त्रीले त्यहाँका प्रधानमन्त्रीसँग फोन गर्नुपर्‍यो । हाम्रा नागरिकहरूको छिटो भन्दा छिटो जीवन रक्षा हुनु पर्‍यो । उनीहरूलाई उद्धार गर्नुपर्‍यो ।’

प्रतिक्रिया दिनुहोस