काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं काँग्रेस नेता मोहनबहादुर बस्नेतले विशेष बजेट ल्याएर भए पनि स्वास्थ्यकर्मीको दरबन्दी बढाउने घोषणा गरेका छन्।
काठमाडौँमा सोमवार आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले कसैको कुरा नसुनी अहिले गाउँमा पनि चिकित्सक पठाएको र यो काम नेपालको इतिहासमै पहिलो पटक भएको दाबी गरे।
उनले चाँडोभन्दा चाँडो दरबन्दी बढाउने कुरामा सरकार लागिरहेको र त्यसका लागि विशेष बजेट ल्याउने पनि बताए। उनले
गरिब र विपन्न भएकै कारण उपचार गर्न नसक्ने कोही भए आफूलाई सम्पर्क गरे आफूले उपचार गरिदिने बताए। उनले अहिंसात्मक माध्यम र तौरतरिका अपनाउन नसके समाजमा राम्रो नहुने बताए।