२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अधिवेशनमा तयारीमा लाग्न एमाले सुदूरपश्चिम प्रदेश इन्चार्जको आह्वान

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले सबै कार्यकर्तालाई अधिवेशनको तयारीमा खटिन आग्रह गरेका छन् ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रचार तथा प्रकाशन विभागको बैठकलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उनले अधिवेशन केन्द्रित हुन आग्रह गरेका हुन् ।

‘प्रदेश अधिवेशन नजिकै आइरहेको छ । पालिकामा प्रतिनिधि छनौटदेखि प्राविधिक कुराहरूमा सबै नेता, कार्यकर्ताहरू खटिएर लाग्न आग्रह गर्दछु’, उनले भने । उनले अहिले प्रतिक्रियावादी शक्तिले नेकपा एमालेका नेताहरूको नाम जोडेर सामाजिक सञ्जालमा दुष्प्रचार गरिरहेकाले प्रचार तथा प्रकाशन विभागले त्यस्ता गतिविधि गर्नेहरूको पहिचान गर्नुपर्ने बताए ।

कार्यक्रममा पार्टीका प्रदेश अध्यक्ष दामोदर भण्डारीले नेकपा एमाले लोकतान्त्रिक पार्टी भएकाले अबको नेतृत्व पार्टीको छवि अझ उचाइमा पुर्‍याउने गरी आउने विश्वास व्यक्त गरे । बैठक भर्चुअल माध्यमबाट गरिएको थियो ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रदेशका प्रचार तथा प्रकाशन विभाग इन्चार्ज कमला बोहराले सबै जिल्लामा प्रचार तथा प्रकाशन विभाग सशक्त हुनुपर्नेमा जोड दिइन् ।

नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको अधिवेशन असोज २१ र २२ गते तय भएको छ ।

प्रतिक्रिया दिनुहोस