२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख प्रशासकीय अधिकृतसहित १४ उपसचिवको सरुवा

अ+ अ-

काठमाडौँ । १४ जना उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अवधि पुगेका, माग गरेका तथा सहमतिका आधार ती उपसचिवहरूको सरुवा गरेको हो । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुशार बुंगल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य चापागाईँलाई मकवानपुर, कमल कार्की इश्वरपुर नगरपालिका सर्लाहीबाट हरिपुर नगरपालिका सर्लाहीको प्रमुख प्रशासकीय अधिकृत, घोडाघोडी नगरपालिका कैलालीका दीपक आचार्य मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम र ऋषि सिटौला विदुर नगरपालिकाबाट बरहथवा नगरपालिका सर्लाहीको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएको छ । 

यसैगरी लिलाराज पौडेल लुम्बिनी प्रदेशबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नवराज पौडेल राष्ट्रिय योजना आयोगबाट मुख्यमन्त्री कार्यालय गण्डकी प्रदेश, मुकेश रेग्मी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट भौतिक पूर्वाधार मन्त्रालय, सन्तोष दाहाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तबाट राष्ट्रिय सूचना आयोग, लक्ष्मी प्रसाद रेग्मी प्राकृतिक श्रोत तथा वित्त आयोगबाट गृह मन्त्रालय र वासुदेव रेग्मी वन मन्त्रालयबाट वित्त आयोगमा सरुवा भएका छन् । 

त्यस्तै पुष्कर खड्का गृह मन्त्रालय वा अन्तरगतबाट प्रदेश प्रमुखको कार्यालय सुदूर पश्चिम प्रदेश, गीता घिमिरे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, टिकाराम ढकाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, दीपक आचार्य संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(घोडाघोडीमा कामकाज)बाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिममा सरुवा भएको छ । 

निकै विवादित बन्ने गरेको कर्मचारी सरुवा पछिल्लो समय केही मत्थर भएको देखिन्छ । मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले बिचौलिया र अनावश्यक हस्तक्षेपमा कर्मचारी चलाउन नहुने भन्दै समयावधि पुगेका तथा चलाउनै पर्ने कर्मचारीलाई मात्र सरुवा गर्ने अडानसँगै माछा बजार जस्तो बन्ने गरेको मन्त्रालयमा भिडभाडसमेत नियन्त्रणमा आएको छ । यद्यपि मन्त्री सचिवालय तथा तलका कर्मचारीहरूबाट हुन खोज्ने चलखेल तथा हस्तक्षेप पूर्णरुपमा निस्तेज र बन्देज भने नभई सकेको मन्त्रालयका एक अधिकारी बताउँछन् । 

अनावश्यक भिडले कर्मचारीलाई कामै गर्न सकस तथा आक्रमणसमेतको जोखिमलाई मध्यनजर गर्दै केही समय अघि देखि बाहिरबाट आउने कर्मचारीहरूको रेकर्ड सिष्टम शुरु गरेको थियो । 

प्रतिक्रिया दिनुहोस