२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घरेलु क्रिकेटको संरचना विकास गर्नु मेरो पहिलो प्राथमिकता : पारस खड्का

अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)का नवनिर्वाचित सचिव पारस खड्काले घरेलु क्रिकेटको संरचना विकास गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन्।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका खड्काले शनिबार क्यानको सचिवमा निर्वाचित भएपछि जिल्ला र प्रदेश स्तरको क्रिकेट संरचनालाई पनि बलियो बनाएर लैजाने बताएका हुन्।

उनले नेपाल क्रिकेटमा जोडिएका राम्रा, नराम्रा पक्षलाई एक ठाउँमा ल्याएर नेपाली क्रिकेटलाई संस्थागत रुपमा अझ अघि बढाउने पनि बताए।

उनले भने, ‘चुनाव त्यति सहज रहेनछ। मसँगै मैले चाहेको, हाम्रो टिमको पनि केही व्यक्ति आउनुभएको भए सहज हुने थियो। तर पनि अहिले निर्वाचित टिम पनि राम्रो बनेको छ भन्ने लाग्छ। धेरै मानिसले पारस खड्काले के गर्छ? क्यानमा आएर भन्ने थियो। यहाँ पारस खड्काले मात्रै गरेर हुँदैन। नेपाल क्रिकेटले मलाई सबै कुरा दिएको छ। मेरो व्यक्तिगत सोच, विचार भनेको नेपाल क्रिकेटमा जोडिएका राम्रा, नराम्रा पक्ष, विपक्षहरु छन्, तिनीहरुलाई एक ठाउँमा ल्याएर मेरो आफ्नो भूमिकाबाट र नेपाली क्रिकेटलाई संस्थागत रुपमा अझ अघि कसरी बढाउँछु भन्ने सोच विचारका साथ अघि बढ्ने प्रतिबद्धता गर्छु।’

उनले थपे, ‘सबैभन्दा ठूलो कुरा भनेकै घरेलु क्रिकेटको संरचना छ। म क्रिकेट टिमको कप्तान हुँदा पनि यो कुरामा धेरै प्रश्न गरेको थिएँ। आफै अब नेपाल क्रिकेट सङ्घको पदाधिकारी भएर सचिव हुँदा मेरो एउटा मात्रै प्राथमिकता घरेलु क्रिकेटको संरचना, जिल्ला र प्रदेशलाई कसरी बलियो बनाउने? भन्ने हुन्छ। नेपाली टिम परिपक्व छ। मैले क्रिकेट खेल्दा राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध बनाएको छु, त्यसको आधारमा नेपाली क्रिकेटमा अन्तर्राष्ट्रिय स्तरको पार्टनरशीपमा सोचेको छु।’

खड्का प्रतिस्पर्धी प्रशान्त विक्रम मल्ललाई पछि पार्दै सचिवमा निर्वाचित भएका हुन्। कुल खसेको ८५ मतमध्ये पारसले ४८ मत ल्याए भने  प्रशान्तले ३७ मतमा प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस