काठमाडौँ । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपीओमा आवेदन दिने बुधबार अन्तिम दिन रहेको छ। लगानीकर्ताले आज साउन ३१ गते कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन्।
आइपीओको कर्मचारीका अनुसार साउन ३० गते साँझ ५/०६ बजेसम्म १० लाख १७ हजार ४५२ जनाले १ करोड १४ लाख ६१ हजार २१० कित्ताका लागि आवेदन दिई सकेका छन्। यो सर्वसाधारणको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ५।०३ गुणा बढी आवेदन हो।
कम्पनीले स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्दा बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्ता सहित गरी कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो।
यस कम्पनीले कर्मचारीलाई ४० हजार कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख कित्ता सेयर छुट्याइएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बेओके क्यापिटल रहेको छ।