१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हरिवनमा १ सय २१क्षयरोगका नयाँ बिरामी भेटिए

अ+ अ-

सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा गत आर्थिक वर्षमा एक सय २१ जना नयाँ क्षयरोगी फेला परेका छन् । विसं २०७८ बाट हरिवन नगरपालिकाले क्षयरोग मुक्त नगरपालिका बनाउने उद्घोष गरेको भए पनि गत आव २०७९/८० मा मात्रै एक सय २१ जना नयाँ क्षयरोगी फेला परेका नगर स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले जानकारी दिए ।

उनका अनुसार फेला परेका नयाँ क्षयरोगीमध्ये एक सय १९ जनाको उपचार सफल भएको छ । आव २०७८/७९ मा एक सय १० जना क्षयरोगी फेला परेका थिए । क्षयरोगका नयाँनयाँ बिरामी फेला परे पनि पुराना बिरामीमा रोग निर्मूल गर्नका लागि चुनौती रहेको र नगरका स्वाथ्यकर्मीको एकल प्रयासले मात्रै सो सम्भव नरहेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

शाखाले क्षयरोग निर्मूल गर्नका लागि जनप्रतिनिधि, सामुदायिक तथा निजी स्वास्थ्य संस्था, समाजसेवी, राजनीतिक दलका नेतालगायत मिडियाकर्मीको पनि साथ र सहयोग आवश्यक रहेको बागमती सेवा समाज नेपालका क्षयरोग कार्यक्रम संयोजक अजम्द अलि मिकरानीले बताए ।

उनका अनुसार हरिवन नगरपालिकालाई क्षयरोग मुक्त नगरपालिका र क्षयरोग र क्षयरोगीको पहिचान तथा उपचार गर्नका लागि प्राविधिकरुपमा हरिवनमा रहेको बागमती सेवा समाज नेपालले विगत पाँच वर्षदेखि सहयोग पुर्‍याउँदै आएको छ ।

नगरको स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजनामा भएको पालिकास्तरीय क्षयरोग तथा कुष्ठरोगको वार्षिक नतिजा विश्लेषण कार्यक्रममा सहभागीले नगरपालिकालाई क्षयरोग मुक्त पालिका बनाउन सामुदायिक स्वास्थ्यकर्मीले मात्रै सम्भव नरहेको बताएका छन् ।

मधेस प्रदेशका हरिवन र निजगढ नगरपालिका तथा लक्ष्मीनियाँ गाउँपालिकालाई नेपाल सरकारले सन् २०३५ सम्ममा दिगो विकासको लक्ष्य हासिल गर्ने उद्देश्यअनुरूप पहिलो चरणमा क्षयरोग मुक्त पालिका घोषणा गर्ने लक्ष्य लिएको छ । जसअनुसार २०७८ सालबाट यस स्थानीय तहहरूमा क्षयरोग मुक्त अभियान घोषणा गरिएको छ ।

प्रत्येक एक लाख जनसङ्ख्यामा दुई सय ४५ जनामा क्षयरोग देखा पर्ने गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को तथ्याङ्कमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस