२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टीलाई सैद्धान्तिक तथा वैचारिक जगमा एकताबद्ध बनाउन जुटौँ : माधव नेपाल

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आगामी माघ १४-१८ मा पार्टीको दशौँ महाधिवेशनको तयारी थालेको छ । भदौ पहिलो साता बसेको केन्द्रीय कमिटीको बैठक पार्टी पंक्तिमा सर्कुलर पठाउँदै अध्यक्ष माधव नेपालले महाधिवेशनमा केन्द्रित हुन निर्देशन दिएका हुन् ।

महाधिवेशनको लागि कमिटी अद्यावधिक तथा निर्माण र सदस्यता नवीकरण एवम् वितरणका लागि पार्टी कमिर्टीलाई निर्देशन गरेका छन् ।

असोज ५ गतेभित्र पार्टीका प्रदेश कमिटी तथा जिल्ला कमिटी र जनसङ्गठनका केन्द्रीय कमिटी/समितिका बैठक बसी विद्यमान कमिटीहरू अद्यावधिक तथा पार्टी सदस्यता/सङ्गठित पार्टी सदस्यता नवीकरण एवम् नयाँ सदस्यता वितरण र असोजमा सञ्चालन गरिने मेची-महाकाली राष्ट्रिय अभियानको समेत योजना बनाउने, असोज महिनाभर केन्द्रीय कमिटीको छैठौँ बैठकले निर्णय गरे अनुसारको मेची-महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्नुका साथै असोज १ गतेदेखि लिएर मंसिर २० गतेसम्म विद्यमान कमिटीहरू अद्यावधिक गर्ने र पार्टी सदस्यता/सङ्गठित पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण अभियान सञ्चालन गर्न भनेका छन् ।

अध्यक्ष नेपालको अपानिमा भनिएको छ, ‘मंसिर २५ गतेभित्र सदस्यता वितरण र नवीकरणको विवरण प्रमाणीकरणका लागि केन्द्रीय सङ्गठन विभागमा पठाउने विभागबाट पुस १० गतेभित्र प्रमाणीकरण गरेर फिर्ता पठाउने । पार्टी सदस्यता/सङ्गठित पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण कार्य निरन्तर चल्नसक्छ तर महाधिवेशनको प्रकृयामा सहभागी हुन भने मंसिर २५ गतेभित्र प्रमाणीकरणका लागि केन्द्रीय सङ्गठन विभागमा पठाइएको र केन्द्रीय सङ्गठन विभागबाट प्रमाणीकरण भएका सदस्यले मात्र पाइने छ ।’

कात्तिक १५ गतेसम्म महाधिवेशनमा प्रस्तुत गरिने दस्ताबेजहरू तयार गरिसक्ने, कात्तिक १५ देखि पुस १५ सम्म दस्ताबेजहरूमा छलफल बहस चलाउने, पुस २१ मा एकै दिन प्रतिनिधि छनोट गर्ने, पुस २५ गतेभित्र प्रतिनिधि छनोटको प्रतिवेदन केन्द्रमा पठाइसक्ने र माघ ५ भित्र प्रतिनिधिहरू यकिन गरिसक्ने निर्देशन दिएका छन् ।

उनले यतिबेला पार्टी निर्माणको एउटा विशिष्ट अवस्थामा रहेको उल्लेख गर्दै सिद्धान्त र विचार निर्माणको एक महत्वपूर्ण निकाय पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने तयारीको विन्दुमा आइपुगेको बताएका छन् ।

अपानिमा भनेका छन्, ‘आउनुहोस्, हामी सबैले पार्टी महाधिवेशनको आयोजनाको ठोस योजना निर्माण गरी ठोस ढङ्गले जिम्मेवारी वहन गरौँ र सक्रियतापूर्वक व्यवहारमा लागि परौँ । खुला र खुलस्त भएर विचार मन्थन गरौँ र नेपाली विशेषताको समाजवादी क्रान्ति र निर्माणका लागि दृष्टिकोण, सिद्धान्त र विचारको सवालहरूमा एकरूपता कायम गरी पार्टीलाई सैद्धान्तिक तथा वैचारिक जगमा एकताबद्ध गरौँ । पार्टीको दसौँ राष्ट्रिय महाधिवेशन भव्यताका साथ सम्पन्न गरौँ ।’

महाधिवेशनबाट अध्यक्षमा माधव नेपाल आफैँ दोहोरिने तयारीमा छन् । तर, सम्मानित नेता झलनाथ खनाल माधव नेपालबाट पार्टी नचल्ने निष्कर्षसहित आफैँ नेतृत्वको दाबी गर्ने तयारीमा छन् ।

पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस