२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपा सांसद अनिशाको बुझाइ : सरकार गठन हुनासाथ ढाल्न लाग्ने कसरतले समृद्धि आउन्न

अ+ अ-

काठमाडौँ । पञ्चायती राजनीतिको पृष्ठभूमि रहेका नेताहरूको बाहुल्यता भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की अनिशा नेपाली भने संसदीय अभ्यासमा नयाँ भए पनि प्रस्तुति, बुझाइ र भोगाइका हिसाबले परिपक्व देखिन्छिन्। प्रतिनिधि सभाका सांसदमध्ये तुलनात्मकरूपमा कलिलो उमेर, छोटो राजनीतिक यात्रा तथा फरक शैक्षिक विधा रहे पनि सांसद नेपाली निर्धक्कसँग भन्छिन्, ‘देशको भविष्य नियाल्दै जनताका आवाज र समृद्धिलाई सुखानुभूति हुने गरी सदनमा भनाइ राख्नुपर्छ।’

उनको भनाइ छ– ‘सदनमा कसले के भन्यो भन्नेतिर नगई विधेयक र जनताका सुख–दुःख, गुनासाका आवाज उठाउनै पर्छ, पुरानाले सिकाउनुपर्नेमा उनीहरूलाई नै सम्झाउनुपर्ने जस्तो देख्छु। त्यो ठाउँमा अरु बेतुक र छाडा बोल्ने होइन नि!’

सात वर्षको राजनीतिक यात्रा, स्वास्थ्य क्षेत्रमा अहेब पृष्ठभूमि रहेकी प्रतिनिधि सभा सदस्य नेपालीले नीति निर्माणको जिम्मेवारीमा सांसद केन्द्रित हुनुपर्नेमा सत्ता प्राप्तिको दौडधुपले विधायिकी भूमिका कमजोर तुल्याएको बताइन्।

सांसदले आफ्नो भूमिकालाई विधेयक तथा जनताका सरोकारका मुद्दामा केन्द्रित गरेका विषयलाई पनि सरकारबाट यथोचित सम्बोधन नहुँदा जनतामा निराशा पैदा भएको मात्र नभई महत्त्वपूर्ण विधेयक निर्माणका कार्यसमेत ओझेलमा परेको उनको गुनासो छ। विधेयकमा समेटिएका स–सना विषयलाई पनि बेलैमा ध्यान पुर्‍याएर छलफल गरिएन भने जनताले भविष्यमा फेरि दुःख पाउने पक्षलाई बुझ्न आवश्यक रहेको उल्लेख गर्दै सांसद नेपालीले देशमा बलियो कानुन नभएका कारण जनताले दुःख पाइरहेको प्रतिक्रिया दिइन्।

उनले भनिन्, ‘ठूला दलबीचको द्वन्द्वका कारण सदनमा सांसद उपस्थित भए पनि बैठक चल्दैन, एउटा दल विशेषका कारण सदन चल्दैन भने त्यसविरुद्ध आवाज उठाउनु स्वभाविक र ठीकै कुरा हो, जे हुन्छ राम्रैका लागि हुन्छ भन्ने पनि लाग्छ।’

समानुपातिक निर्वाचन प्रणालीमा दलित आरक्षण समूहमा राप्रपाबाट निर्वाचित नेपाली भन्छिन्, ‘आफ्ना प्रतिनिधिका अभिव्यक्ति संसद्को रेकर्डबाटै हटाउने अवस्था आउला भनी जनताले अपेक्षा गरेका थिएनन्, तर दुर्भाग्य यहाँ यस्तै भइरहेको छ।’

‘माननीय’ पद र भूमिकाको गहन अध्ययन नहुँदा सदनका बैठक खुलामञ्चका आमसभाजस्तो हुने गरेको उल्लेख गर्दै उनले जनप्रतिनिधिले बोली र व्यवहारलाई सुधार गरी सभ्य भाषा प्रयोग गरे मात्र सदन र सांसदको ओज बढ्ने सुझाव दिइन्।

सांसद नेपाली भन्छिन्, ‘संसद् नियमावलीमा कसरी बोल्ने, कसरी बस्ने भन्नेसम्म स्पष्ट व्यवस्था छ, तर कतिपय माननीयले त पोशाकै खोलेर नाङ्गै हुनसमेत भ्याएको अवस्था छ।’ सदन विधि र नीति निर्माण गर्ने मूल थलो भएकाले मूल जिम्मेवारी तथा दायित्वलाई दुरुपयोग होइन, सदुपयोग गर्नुपर्नेमा उनको जोड छ।

जनताले शिक्षा, स्वास्थ्य, खानेपानीलगायत कुनै कुराको दुःख नहोस् भनेर निर्वाचनमा मत दिई ठूला दल बनाएको प्रसङ्ग उल्लेख गर्दै सांसद नेपालीले जनताका आवाजलाई कार्यान्वयन हुने ढङ्गले सदनमा प्रस्तुत हुन सबै सदस्यलाई आग्रह गरिन्। उनले तीन तहका सरकारबीच विकास र समृद्धिका विषयमा समन्वय तथा सहकार्यको साटो स्वार्थपन बढी देखिएको र दलबलका आधारमा योजना छनोट प्रवृत्तिले सङ्घीय संसद्का सांसद पनि त्यसैमा दौडने गरेको उदाहरण प्रस्तुत गरिन्।

एक प्रसङ्गमा सांसद नेपालीले भनिन्, ‘प्रजातन्त्रको पुनः स्थापनापछि राजनीतिमा प्रवेश गरेका कयौँ नेताका सहरमा आलिसान महल बनेका छन्, गाडीमा हुइँकिएका देखिन्छन्, तर मत दिने जनताको हालत भने ज्यूँको त्यूँ छ, यसमा कसैलाई वास्ता छैन।’

महँगो निर्वाचन प्रणाली, भागबण्डाको राजनीति, मुलुकले धान्नै नसक्ने सङ्घीयता र प्रदेशको औचित्यमाथि राप्रपाले प्रश्न उठाइरहेको उल्लेख गर्दै नेतृ नेपालीले एउटा सरकार गठन हुनासाथ त्यसलाई ढाल्न हुने कसरत र अभ्यासले मुलुकलाई समृद्धि दिन नसक्ने धारणा राखिन्।

राजनीतिलाई सेवाका रूपमा लिएर काम गर्न होमिएको उनको भनाइ छ। सांसद नेपाली भन्छिन्, ‘विगतदेखि नै दीन दुःखीको सेवा गर्दै आएकी छु, राजनीतिलाई पनि सेवाकै रूपमा बुझेकी छु।’

प्रतिक्रिया दिनुहोस