२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सरकारले फाइल खोलिरहेको छ, कुनैपनि भ्रष्टाचारीले छुट पाउँदैन्’ : माधव नेपाल

अ+ अ-

काठमाडौँ । सत्तारुढ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार कहिले ढल्ला भन्ने चिन्ताबाट मुक्त हुन आग्रह गरेका छन् ।

समाजवादी मोर्चाले बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै नेपालले कुनै पनि शक्तिले ढाल्न नसक्ने बताए ।

समाजवादी मोर्चाका संयोजकसमेत रहेका नेपालले सरकारले सही काम गरिरहेको पनि बताए । ‘यो सरकारलाई देशी, विदेशी कुनै शक्तिले हल्लाउन सक्दैन । यो सरकार कहिले ढल्ने हो भन्ने चिन्ता छ भने त्यसबाट मुक्त हुनुस्, ‘उनले भने, ‘कसैलाई ढलोस् भन्ने लागेको छ भने असिन-पसिन हुन दिनुस् । हामीले यो सरकार राम्रो उद्देश्यका निम्ति बनाएका छौँ ।’

नेपालले सरकारमा रहेका कम्युनिस्ट धारका दलहरूको मोर्चा हुँदा सत्तारुढ काँग्रेस रुष्ट हुन्छ कि भन्नेहरू पनि रहेको तर त्यो सही नभएको बताए । ‘कसै-कसैलाई एकता पचेको छैन । एकताभन्दा सबैले राम्रो मान्नुपर्ने हो । एकातिर मोर्चा छ, अर्कोतिर गठबन्धन भन्ने छन् । गठबन्धनका कम्युनिस्ट मिलेर मोर्चा बनाएकाले काँग्रेसको मनमा चिसो पस्यो कि भन्नेहरू पनि छन्, त्यस्तो केही छैन, ’उनले भने ।

सत्तारुढ गठबन्धनमा रहेका सबै एक ठाउँमा रहेको नेपालको भनाइ थियो । प्रधानमन्त्री दाहालले भ्रष्टाचारविरुद्ध चालेको कदममा सत्तारुढ दलहरूको ऐक्यबद्धता रहेको नेपालको भनाइ थियो । प्रधानमन्त्रीले आफ्नो पार्टीका हुन् वा अरु पार्टीका जोसुकै पनि भ्रष्टाचारमा संलग्न भए पनि कारबाही चलिरहेको उनले बताए ।

‘आफ्नो पार्टीका हुन् वा अरु जुनसुकैले भ्रष्टाचार गरेका छन्, कसैले छुट पाउँदैन, ‘उनले भने, ‘सरकारले उहिले देखिका भ्रष्टाचारका फाइल खोल्ने गरिरहेको छ । दोषी कोही नउम्किउन्, निर्दोष कोही नपरुन् भन्ने छ ।’

सरकारले काम गरिरहेको र अझै गर्न बाँकी रहेको पनि नेपालको भनाइ थियो । सरकारका काममा सुधार गर्नुपर्ने ठाउँ भने रहेको नेपालले बताए । नेपालमा वैदेशिक हस्तक्षेप स्वीकार्य नरहेको नेपालले बताए । उनले एमसीसी सैनिक विषयसँग नजोडिएको पनि बताए ।

एमसीसी आर्थिक सहयोगमात्रै भएको र यसलाई अन्य विषयसँग जोडिन नहुने बताए ।

प्रतिक्रिया दिनुहोस