२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादीको तीन महिने रूपान्तरण अभियान सुरु, फेरिए चार जिल्ला संयोजक 

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशका ४ जिल्लामा संयोजक फेरेको छ । पुराना संयोजकहरू केन्द्रीय कमिटीमा भएकाले उनीहरूलाई हटाइ नयाँ जिम्मेवारी तोकिएको हो ।

लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालका अनुसार रुकुम जिल्ला संयोजकमा रामसुर बुढामगर, गुल्मी संयोजकमा युवराज केसी वसन्त, रोल्पा संयोजकमा पूर्ण केसी र प्युठान संयोजकमा नवराज अधिकारी रोशनलाई तोकिएको छ ।

प्रदेश कमिटी बैठकले पालिकाका इन्चार्जहरूको समेत टुङ्गो लगाएको छ ।

‘अहिले पार्टीमा एक व्यक्ति एक पदको जिम्मेवारी दिने निर्णय भएको छ । सोहीअनुसार ४ जिल्लाको नेतृत्वमा रहेका साथीहरू अन्य जिम्मेवारीमा रहेकाले नयाँ जिम्मेवारी तोकिएको हो । 

अहिले माओवादीले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानका लागि लुम्बिनी प्रदेशमा नेताहरूको जिम्मेवारी तोकेको छ । पार्टीले स्थायी समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र प्रदेश सदस्यहरूको कार्य विभाजन टुङ्ग्याएको हो ।

गत साउन ३२ गते केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर महराको रोहबरमा बसेको प्रदेशको बैठकले जिम्मेवारी टुङ्ग्याएको बताइएको छ ।

जसअनुसार रोल्पा जिल्ला इन्चार्जमा पूर्णबहादुर घर्ती, रुकुम पूर्वमा कमला रोक्का, बर्दियामा पूर्णकुमारी सुवेदी, बाँकेमा कुलप्रसाद केसी, दाङमा जयपुरी घर्ती इन्चार्ज तोकिएका छन् । त्यस्तै प्युठानमा निर्मल आचार्य, गुल्मीमा जोगबहादुर महरा, अर्घाखाँचीमा वामदेव क्षेत्री, पाल्पामा कृष्णध्वज खड्का, नवलपरासीमा हरि कुल्लाह खाँ, रुपन्देहीमा गणेशमान पुन र कपिलवस्तु इन्चार्जमा महेश्वर गहतराज अथक तोकिएका छन् ।

यस्तै बैठकमा १२ वटै जिल्लाको साङ्गठनिक रिर्पोट सम्बन्धित जिल्ला संयोजकहरूले प्रस्तुत गरेका थिए । अभियानको अनुगमन र स्कुलिङका लागि नेताहरू जगप्रसाद शर्मा अपार, नारायण अधिकारी र लक्ष्मी चौधरीलाई जिम्मा दिइएको छ । पार्टीले दिएको नयाँ जिम्मेवारीअनुसार सबै विशेष रूपान्तरण अभियानअन्तर्गत खटिएका छन् ।

स्थायी कमिटी सदस्य तहका नेताहरूलाई जिल्लाको इन्चार्ज तोकिएपछि केन्द्रीय कमिटी र प्रदेशका सबै पालिका र वडा तहको जिम्मेवारीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस