१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारभन्दा सुशासन, सामाजिक न्याय र समृद्धि बढी महत्त्वपूर्ण छ : प्रधानमन्त्री

अ+ अ-

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले सरकारभन्दा सुशासन, सामाजिक न्याय र समृद्धि बढी महत्त्वपूर्ण भएको बताएका छन् । पार्टीको बागमती प्रदेश समितिको पाँचौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले भने, ‘सुशासन, सामाजिक न्याय र समृद्धिको नारालाई एउटा सङ्कल्पका रूपमा लिएका छौँ । यसरी काम गर्दा जहाँ बेतिथि देखिन्छ, जो कोही पनि नछुटोस् भन्नेमा छौँ ।’ प्रधानमन्त्रीले आफूहरू सही बाटो हिँडेको उल्लेख गर्दै भ्रष्टाचार सम्बन्धी कामले सरकार अप्ठ्यारोमा पर्दैछ भन्ने हल्ला सही नभएको बताए । 

प्रधानमन्त्रीले आफूहरूको कदमले प्रतिक्रियावादीमा एउटा आतङ्क सिर्जना भएको बताए । उनले भने, ‘उनीहरूको षड्यन्त्र र घेराबन्दी जति भएपनि हामी आफ्ठ्यारोमा छैनौँ । हामीले सुरुदेखि सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको पक्षमा नयाँ ढङ्गले काम गर्नुछ ।’

प्रधानमन्त्रीले तीन महिने अभियानले पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने बताए । उनले भने, ‘हामीले फेरि पार्टी बनाउन सक्यौँ भने देशको आर्थिक समृद्धि, पुनर्निर्माण र सुशासन पनि कायम गर्न सक्छौँ । यो पटक जनतामा विकास, समृद्धि, भ्रष्टाचार नियन्त्रण र सुशासनका निम्ति माओवादी जति गम्भीर अरू छैनन् भन्ने जनतामा पर्दै गएको छ ।’

उनले भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टी पुनर्निर्माण र रूपान्तरणको नयाँ अभियानबारे गम्भीरतापूर्वक छलफल गरेर निष्कर्ष निकालेको बताए । केन्द्रीय समितिको बैठकले गरेका निर्णय र त्यसको कार्यान्वयनको प्रश्न सामान्य औपचारिकताको प्रश्न नभएको उनको धारणा थियो । बैठकले ती प्रश्नहरूको पार्टीलाई वास्तविक अर्थमा निर्माण गरिछाड्ने बारे सकारात्मक र रचनात्मक जवाफ दिएको प्रधानमन्त्री, ‘प्रचण्ड’को भनाई थियो ।

प्रतिक्रिया दिनुहोस