२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बङ्गलादेशीलाई काठमाडौँमा बन्धक बनाइ फिरौती असुल्ने ७ जना पक्राउ

अ+ अ-

काठमाडौँ। बङ्गलादेशी नागरिकहरूलाई वैदेशिक रोजगारको लागि नेपाल हुँदै विभिन्न देश पठाइदिने आश्वासन देखाई काठमाडौँमा बन्धक बनाउने गिरोहका ७ जना पक्राउ परेका छन् ।

बङ्गलादेशी नागरिकलाई बन्धक बनाई उनीहरूको परिवारसँग फिरौती रकम माग्ने गिरोहमा संलग्न बङ्गलादेशी र नेपाली नागरिकहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । कार्यालयले आरोपितहरूलाई पक्राउ गर्नुका साथै बन्धक बनाइएका ६ जना बङ्गलादेशी नागरिकलाई उद्धार गरिएको वरिष्ठ प्रहरी उपरीक्षक डा. मनोज केसीले बताए ।

गिरोहले वैदेशिक रोजगारीमा लाने भन्दै बङ्गलादेशबाट नेपाल ल्याई काठमाडौँका विभिन्न स्थानहरूमा रहेका होटेल तथा सेफ हाउसमा बन्धक बनाई राख्ने र परिवारसँग पैसा माग्ने गरेको थियो । पक्राउ पर्नेहरूमा बङ्गलादेश गाजिपुरका ४७ वर्षीय अमिर हुसेन, बङ्गलादेश बरिसालका ३७ वर्षीय एमडि मोसिउर, हरिसिद्धि ललितपुर बस्ने बङ्गलादेशी नागरिक ३८ वर्षीय सलिम मियाँ, सिन्धुपाल्चोक बलेफी-६ की २७ वर्षीया तारा नेपाली, बङ्गलादेशी नागरिक २१ वर्षीय जहाङ्गीर आलम, काठमाडौँ हाडिगाउँ बस्ने बङ्गलादेशी नागरिक २१ वर्षीय तहमिना बेगम र इलाम चुलाचुली-४ कि ३३ वर्षीया रोशनी राई रहेका छन् ।

आफूहरूसँग भएको रकम असुल गरेर परिवारसँग फिरौती मागेपछि एक बङ्गाली नागरिकले उजुरी दर्ता गराएको र गिरोह पक्राउ गर्न सफल भएको केसीले बताए । विदेश पठाउन प्रक्रियाका लागि केही रकम लाग्ने भन्दै सुरूमा बङ्गलादेशमै ५० हजारदेखि १० लाख टाकासम्म लिएको अनुसन्धानमा खुलेको छ ।

पत्रकार सम्मेलनमा बङ्गलादेशी पीडित नागरिकहरूले आफूहरूलाई एजेण्टले पोल्याण्ड लगायतका देश पठाउनका लागि ५ लाख रुपैयाँ लिएर नेपाल पठाएको र नेपाल आएपछि बन्धक बनाएको गुनासो गरेका छन् । नेपाल आएपछि आफूहरूसँग खर्चका लागि भएको पैसा, मोबाइल पनि लिएको बताए ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को दफा २११ र २१२ तथा सङ्गठित अपराध निवारण ऐन २०७० बमोजिमको कसूरमा थप अनुसन्धान तथा कारबाहीको लागि आइतबार प्रहरी परिसर काठमाडौं पठाइएको केसीले जानकारी दिए ।

पीडितहरूमध्ये कालिमाटीडोलमा रहेको मेमोरियल गेष्ट हाउसबाट एमडि नाजमुल, एमडि इयासिन, इब्राहिम हुसैन र एमडि अल अमिनलाई उद्धार गरिएको छ । त्यस्तै हरिसिद्धिको एक घरमा बन्धक बनाइराखेको अवस्थामा राजोन र राजोन फरहाद हुसैनलाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस