२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खाद्य कम्पनीमा चामल आउनै छाड्यो

अ+ अ-

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड रुकुम पश्चिम शाखाबाट स्टिम जिरा, सोना मन्सुली, अरुवा मोटो र बास्मती चामल बिक्री हुँदै आएको थियो । यीमध्येका केही सस्तोमा पाइने भएपछि खाद्यको चामलप्रति उपभोक्ताको आकर्षण थियो । 

रुकुम पश्चिम शाखाबाट अहिले स्टिम जिरा मात्रै बिक्री हुने गरेको जनाइएको छ । “बजारको तुलनामा खाद्यमा चामल केही सस्तो पाइन्छ । यहाँबाट किन्दा प्रतिकिलो ३० देखि ४० सम्म फरक पर्छ”, शाखा प्रमुख विनोद चन्दले भने, “अहिले खाद्यमा भने जति चामल छैन । स्टिम जिरा मात्रै मौज्दात छ ।”

चन्दका अनुसार अहिले गोदाममा पाँच सय ३५ क्विन्टल चामल मौज्दात छ । “गत आर्थिक वर्ष २०७९/८० मा कम्पनीमा ३६ हजार ९४ क्विन्टल ६५ केजी आएको थियो, सोही चामल अहिले पनि मौज्दनत छ”, उनले भने ।

चालु आवमा पनि नेपालगञ्ज र तुलसीपुरबाट चामल ल्याउने तयारी भइरहेको शाखा प्रमुख चन्दले जानकारी दिए । “पहिलाका वर्ष तुलसीपुरबाट मात्रै ढुवानी हुने गरेकामा यस वर्ष नेपालगन्जबाट पनि आउने भएको छ”, उनले भने, “जिल्लामा १५ हजार क्विन्टल कोटा भए पनि कोटा थप हुनसक्छ ।” सोना मन्सुली, अरुवा मोटो र बास्मती कम्पनीको शाखामा नआएको बताउँदै चन्दले यहाँबाट उक्त चामल बेच्न छोडिएको जानकारी दिए । 

त्यस्तै बिक्री केन्द्र स्यालाखदीमा बर्खामा चामल पठाउन नसकिएको जिल्ला शाखाले जनाएको छ । गत आवमा नौ सय ९९ क्विन्टल चामल पुगेकामा यस अबका लागि एक हजार कोटाको ठेक्का आह्वान भएको शाखा प्रमुख चन्दले बताए । भारतबाट हुने चामल निर्यात बन्द गरेकाले यस वर्ष कति चामल आउने हो भन्न नसकिने उनको भनाइ थियो ।

जिल्लामा रहेका पाँच सहकारीले शाखाबाट चामल लिएर गाउँमा बिक्री गर्न थालेपछि खाद्यको चामल गाउँसम्म पुग्न थालेको चन्दले बताए। उनका अनुसार अहिले कम्पनी र दुई सहकारीबीच सम्झौता भएकाले उक्त सहकारीले मात्रै चामल बेच्ने गरेका छन् । “सहकारीमार्फत गाउँमै सस्तोमा पाएपछि सर्वसाधारण खुसी भएका थिए”, उनले भने, “अहिले केही सहकारीले ढुवानीको समस्याका कारण बेच्न छाडेका छन् ।”

प्रतिक्रिया दिनुहोस