काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा नाराबाजी गरेपछि आज पनि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै एमालेले सदन अवरोध गरेको हो ।
एमालेका सांसदहरूले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेका थिए । एमालेकी सांसद ज्वालाकुमारी शाहले छानबिन समिति गठन नगरेसम्म सदन नचल्ने बताइन् ।
एमाले सांसदहरूको निरन्तर नाराबाजीपछि सभामुखले साउन २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।