२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्तराखण्डमा बेपत्ता नेपालीको खोजी गर्न मुख्यमन्त्री धामीलाई परराष्ट्रमन्त्री साउदको फोन

अ+ अ-

काठमाडौँ ।  परराष्ट्रमन्त्री एनपी साउदले भारतको उत्तराखण्डमा पहिरोमा बेपत्ता नेपालीको खोजी गर्न मुख्यमन्त्री पुस्करसिंह धामीलाई आग्रह गरेका छन्। 

शनिबार उत्तराखण्डका मुख्यमन्त्री धामीलाई टेलिफनमार्फत रूद्रप्रयागमा गएको पहिरोमा बेपत्ता भएका नेपालीको खोजी तथा उद्धार गरिदिन आग्रह गरेका हुन्। 

बिहीबार रातिबाट परेको वर्षाका कारण रूद्रप्रयागको गौरीकुण्डमा गएको पहिरोका कारण १९ जना बेपत्ता भएका छन्। जसमध्ये बेपत्ता हुनेहरू अधिकांश नेपाली रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। 

मुख्यमन्त्री धामीले परराष्ट्रमन्त्री साउदसँग शनिबार बिहानैदेखि बेपत्ताको खोजी गर्न सुरक्षाकर्मी र अन्य निकायहरू खटाइएको बताएका थिए।  

मौसम खराब रहेकाले गौरीकुण्ड जाने कार्यक्रम रद्द भए पनि बेपत्ताको खोजी गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइसकेको जानकारी मुख्यमन्त्री धामीले दिएका छन्। 

यसअघि परराष्ट्रमन्त्री साउदले शुक्रबार नै दिल्लीस्थित नेपाली राजदूतावासलाई भारत सरकारसँग समन्वय गरेर बेपत्ता भएका नेपालीको खोज, उद्धार तथा राहतका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए।

प्रतिक्रिया दिनुहोस