काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो केन्द्रीय कार्यालय खाली गराउन काठमाडौँ महानगरपालिकासँग ३५ दिन समय माग गरेको छ । राप्रपाका केही नेताहरू आजै महानगर पुगेर प्रमुख कार्यकारी अधिकृत वसन्त अधिकारीलाई पत्र बुझाएका हुन् ।
महानगरले धुम्बाराहीस्थित राप्रपाको कार्यालय खाली गराउन सोमबारसम्मको अल्टिमेटम दिएको थियो । राप्रपाले भने कानून बमोजिम ३५ दिनको समय मागेको हो ।
आजै राप्रपाको भवन भत्काउने योजनाका साथ महानगरबाट ३०० नगर प्रहरीसहित डोजर परिचालन भइसकेको छ । अहिले राप्रपाको कार्यालयबाट करिब ३०० मिटर दुरीमा डोजर राखेर नगर प्रहरीहरू बालेनको आदेश पर्खेर बसिरहेका छन् ।
सम्बन्धित समाचार : राप्रपा कार्यालयमा डोजर चलाउनेबारे सिडिओ कार्यालयमा छलफल जारी
सम्बन्धित समाचार : काठमाडौँ महानगरको डोजर रोक्न राप्रपाका नेताहरुले सडकमा गाडी तेर्साए
सम्बन्धित समाचार : राप्रपाको केन्द्रीय कार्यालय हटाउन महानगरको माइकिङ