२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रवि लामिछाने भन्छन्-सरकारले भ्रष्टाचारको फाइल दुईचार पाना पल्टाउँदै छोड्दै 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले भ्रष्टाचार काण्डको जरासम्म पुगेर अनुसन्धान गर्नेमा आशङ्का रहेको बताएका छन्। 

शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै सभापतिले त्यसैले आफूहरूले निरन्तर खबरदारी गरिरहेको बताए। 

‘भन्नलाई सरकारले ललिता निवास, सुन काण्ड, नक्कली भुटानी शरणार्थी फाइल खोल्यौँ भन्ने तर दुई चार पाना मात्रै पल्टाएर छोड्ने काम गरिरहेको त छैन ? खबरदार १ हामी नजिकबाट हेरिरहेका छौँ । कुनै पनि काण्डको जरासम्म नपुगे संसद र जनमानसमा खरो रुपमा उपस्थित हुन्छौ।’ लामिछानेले भने,‘हामी सुन तस्करीको मालिक हेर्न बसेका छौँ। जुन ढङ्गले सुन आएको छ त्यो हेर्दा त मालिक सानोतिनो होइन धेरै ठूलो मालिक जस्तो लागेको छ। धेरै ठूलो मालिक देख्ने बित्तिकै सरकार फेरि अर्को फाइल खोल्न लाग्ने हो कि भन्ने शङ्का छ।’ 

उनले सुन बरामद गर्दा मालिकसम्म नपुगी भरियालाई पक्राउ गरिनुले शङ्का बढाएको पनि बताए। 

‘सुन काण्डमा आश्चर्य लाग्दो कुरा छ, सुनको भारी बोकेको ट्याक्सी बाटोमा समाइयो, मालिकसम्म लान्थ्यो होला नि१ कुनै गन्तव्यमा जाँदै थियो होला’, लामिछानेले भने,‘जसले सूचना दियो उसले ट्याक्सी बाटोसम्म मात्रै लान्छ त भनेको थिएन होला, त्यहाँदेखि कहाँसम्म पुर्‍याउँछ सबै भनेको होला । बीच बाटोमा भरिया समाउन सक्नेले मालिकसम्म किन पुगेन होला ।’

प्रतिक्रिया दिनुहोस