काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तेस्रो वर्ष ‘इन्टरडक्सन टू टुरिजम डेभलप्मेन्ट’ विषयको प्रश्नपत्र त्रुटि घटनका दोषीलाई तत्काल कारबाही गर्न विद्यार्थी सङ्गठनहरूले माग गरेका छन् ।
अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घलगायतले विज्ञप्ति जारी गर्दै तत्काल छानबिन समिति गठन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।
“त्रिविको समग्र परीक्षा प्रणालीमा भइरहेको लापरबाही अन्त्य गर्दै दोषीलाई कारबाही नगरेको खण्डमा उत्पन्न हुने परिस्थितिको जिम्मेवार त्रिवि स्वयं हुनुपर्ने चेतावनी समेत दिन चाहन्छौँ,” नेपाल विद्यार्थी सङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
