काठमाडौँ । लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको २० औँ बैठक आज बस्दैछ । बैठक दिउसो १ बजे बस्ने छ ।
सोमबार बस्ने भनेको बैठक काठमाडौँमा भएको सभामुख, उपसभामुखहरूको सम्मेलन लम्बिएपछि सूचना प्रकाशित गरी स्थगित गरिएको थियो।
यसअघिको बैठकमा निजामती कर्मचारीसम्बन्धी विधेयक र स्वास्थ्य संस्था सञ्चालन, नवीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक पेस भएका थिए ।
निजामती कर्मचारीसम्बन्धी विधेयक विषयगत समितिमा छलफल हुने भए पनि स्वास्थ्यसम्बन्धी विधेयक आजको बैठकमा छलफल गर्ने तयारी छ ।