२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसले ०८४ को होइन अहिलेको चिन्ता लिनुपर्छ : विश्वप्रकाश शर्मा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले ०८४ को चुनावका लागि नभई अह‍िलेका लागि चिन्ता गर्नुपर्ने बताएका छन्।

बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित विचार गोष्ठीमा महामन्त्री शर्माले  चार वटा प्रदेश सरकार र ३२९ स्थानीय तहको नेतृत्व गरेको पार्टीले ०८४ मा हुने चुनावको चिन्ता छोडेर देश र जनताको लागि काम गर्नुपर्ने बताएका हुन्।

सङ्गठनलाई मजबुत बनाउँदै  प्रदेश र स्थानीय तहमा  रहेका काँग्रेस नेतृत्वको सरकारले राम्रो काम गरे आगामी चुनावको चिन्तै लिन नपर्ने उनको भनाइ छ।

‘२०८४ सालको निर्वाचनको चिन्ता गर्ने होइन, अहिलेको चिन्ता गर्ने हो, राम्रो काम गर्ने हो, सङ्गठनलाई बलियो बनाउने हो”, महामन्त्री शर्माले भने।

उनले विपीको विचार र चिन्तनलाई समावेश गरेर काँग्रेसको केन्द्रीय समिति बैठक अगाडि बढ्ने बताए। उनले विपी दूरदर्शी र परिपक्व नेता रहेको र उनको विचारलाई काँग्रेसले नछोड्ने बताए।

नेपालको कम्युनिष्ट आन्दोलनले बिपीलाई समयमा चिन्न नसकेको उनको गुनासो थियो। त्यसकारण झापा आन्दोलन र माओवादी आन्दोलन भएको र त्यसबाट देशले ठूलो क्षति ब्यहोर्न परेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस