२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिपीको साहित्यलाई गाउँ गाउँसम्म पुर्‍याउनुपर्छ :अर्थमन्त्री महत

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले जननायक विश्वेश्वरप्रसाद कोइरालाको साहित्यलाई गाउँ गाउँसम्म पुर्‍याउनुपर्ने बताए । बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस क्षेत्र नं ५ ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले पार्टीले बिपी कोइरालाको साहित्य क्षेत्रलाई छपाएर गाउँ गाउँसम्म पुर्‍याउनुपर्ने  उल्लेख गरे। 

“थोरै साक्षरतादर भएको समयमा बिपी कोइरालाले साहित्य सिर्जना गरेका थिए, त्यसलाई छपाएर गाउँ गाउँमा लैजान सके युवा पुस्ताले बिपीको साहित्यबाट  प्रेरणा लिन सक्थे”, उनले भने । अर्थमन्त्री डा. महतले पार्टीभित्र एक अर्काप्रति गालीगलौजको संस्कार विकशित भएको उल्लेख गर्दै उक्त संस्कारले पार्टी अगाडि बढ्न नसक्ने धारणा राखे ।

पार्टी प्रवक्ता डा महतले कांग्रेसले गरेका राम्रा कामलाई आमजनतासम्म पुर्‍याउन नसकेको बताए। “प्रजातान्त्रिक समाजवादको लक्ष्य लिएर अगाडि बढ्नुभएका बिपी लोकतान्त्रिक मूल्यमान्यताका आधारमा समतामूलक समाज निर्माण हुने कल्पनाका साथ अगाडि बढ्नुभएको थियो”, उनले भने ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले बिपी कोइराला प्रधानमन्त्री भएर १७ महिनामा गरेका काम आजसम्म कुनै पनि सरकारले गर्न नसकेको बताए । “आर्थिक दृष्टिकोणविना राजनीति अगाडि बढ्न सक्दैन भन्ने बिपीको विचार थियो, बिपी कोइरालाको सरकारलाई अपदस्थ नगरेको भए नेपालको धेरै आर्थिक उन्नति गर्थ्यो”, उनले भने ।

बिपी प्रधानमन्त्री भएका बेलामा छ हजार विद्यालय र विश्वविद्यालय स्थापना गर्ने लक्ष्य लिएको नेता पौडेलको भनाइ थियो । कांग्रेसले बनाउने नीति, योजना र कार्यक्रमलाई बिपी कोइरालासँग जोड्न सके मात्र उनीप्रति सच्चा श्रद्धाञ्जली उनले बताए । बिपी आफ्नो लक्ष्यमा प्रष्ट भएको उनको भनाइ थियो । अठतीस  राजद्रोहको मुद्दा हुँदाहुँदै नेपाल फर्कीएका बिपी कोइराला देशको सच्चा नेता भएको नेता पौडेलले बताए।

नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ५ का क्षेत्रीय सभापति श्याम खड्का र टोखा नगरपालिका वडा नं ६ की अध्यक्ष शान्ता खनाल पौडेलले राष्ट्रियता, प्रजातन्त्र र समाजवादका प्रवर्द्धक बिपी राष्ट्रवादी राजनेता भएको बताए । बिपी कोइरालाको ४१ औँ स्मृति दिवसका अवसर पारेर आजै वृक्ष रोपणसमेत गरिएको छ । 

प्रतिक्रिया दिनुहोस