२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकीकृत समाजवादीको बैठक बस्दै

अ+ अ-

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)को बैठक बिहीबार बस्दै छ।

बैठक बिहान ८ः३० बजेबाट कीर्तिपुर, चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु हुने र आजै टुंग्याउने तयारी रहेको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए। ‘कार्यसूचीमा छलफल गरेर आजै साँझसम्म टुंग्याउने तयारी छ,’ उनले भने। शुक्रबारदेखि जारी बैठकमा पार्टीको आगामी कार्यदिशाबारे छलफल भएको थियो।

त्यसमा सदस्यहरूले धारणा राख्ने काम सकिइसकेको छ। यसअघि बैठकमा बोल्ने केही सदस्यहरूको निर्वाचनको परिणामबारे पनि धारणा राखेका थिए।उपाध्यक्ष पाण्डेले गठबन्धन गरे पनि मत ट्रान्सफर हुन नसकेको धारणा राखेका थिए। पाण्डेले गठबन्धन नभएका ठाउँमा सबैतिर उम्मेदवार दिन सकेको भए राष्ट्रिय बन्ने अवस्था सिर्जना हुने धारणा राखेको उनले बताए।

‘काँग्रेस, माओवादी केन्द्रले कतिपय ठाउँमा हामीलाई नै चाहिन्छ भन्नेजस्तो पनि गरे। त्यसो हुँदा उम्मेदवारी नै हाम्रो कम भयो। गठबन्धन भएका ठाउँमा गठबन्धन गर्ने, नभएका ठाउँमा उम्मेदवारी दिन सकेको भए मत बढ्थ्यो भन्ने धारणा राखेँ,’ उनले भने। त्यस्तै बैठकमा महाधिवेशनबारे पनि छलफल भएको छ। ‘मंसिरदेखि फागुनभित्रमा महाधिवेशन गर्नेगरी धारणा आएका छन्। यसबारे पनि निर्णय हुने छ,’ उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।

बैठकले एकीकृत समाजवादीको राजनीतिक कार्यदिशा, समाजवादी आन्दोलनको स्वरूप आदिबारे पनि साझा दृष्टिकोण तय गर्ने पनि बताए। मन्त्रीहरूको कार्यव्यस्ताका कारण बैठक बीचबीचमा स्थगित गर्नुपरेको पनि खतिवडाले बताए।

बैठकमा सङ्गठन सुदृढीकरणको विशेष अभियानको सामान्य जानकारी, वर्तमान र हाम्रा कार्यभार, सबैबाट विचारहरूको प्रस्तुति, आगामी कामको विस्तृत योजना, कार्य विभाजन, कमिटीमा समायोजन तथा थपघट, जनसंगठन युवा र विद्यार्थी, विभागहरूको कामको व्यवस्थापनलगायत एजेन्डा अघि सारिएको छ। एकीकृत समाजवादीको सचिवालय १५ सदस्यीय छ।

प्रतिक्रिया दिनुहोस