२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युएई ए विरुद्ध नेपाल ३ विकेटले विजयी

अ+ अ-

काठमाडौँ  । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको अन्तिम खेलमा नेपालले युएई ए विरुद्ध सान्त्वना जित हात पारेको छ। 

यसअघिका दुवै खेल हारेको नेपालले बुधबार युएई ए लाई ३ विकेटले पराजित गरेको हो। युएई ए ले दिएको १ सय ५८ रनको लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो।

नेपालको जितमा कुशल भुर्तेल नायक बने। बलिङमा युएई ए को ६ विकेट लिएका भुर्तेलले बिस्फोटक ब्याटिङ गरे। ४३ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै भुर्तेलले ७१ रनको महत्वपूर्ण योगदान गरे।

देव खनाल र सन्दीप जोराले समान २४ रन जोड्दा गुल्सन कुमार झा ११ र कप्तान रोहित पौडेल ९ रनमा आउट भए। प्रतिस जिसि ८ र कुशल मल्ल २ रनमा अविजित रहँदा पवन सर्राफ शून्यमा आउट भए।​

श्रीलंकाको कोलम्बोमा टस जितेर पहिला ब्याटिङ गरेको युएई ए ४४ ओभरमा १ सय ५७ रनमा अलआउट भएको थियो। युएई ए का लागि लभरप्रित सिंहले सर्वाधिक ५२ रन बनाए। युएई ए लाई सस्तैमा समेट्न भुर्तेलले ६, श्याम ढकालले २, कुशल मल्ल र पवन सर्राफले एक/एक विकेट खसाले । 

नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट तथा दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो भने युएई ए पनि भारत ए र पाकिस्तान ए सँग नै पराजित भएर प्रतियोगिताबाट बाहिरिसकेको छ।

नेपाल र युएइ ए बाहिरिएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । समूह ए बाट श्रीलंका ए र अफगानिस्तान ए सेमिफाईनलमा प्रवेश गर्दा समुह बी बाट भारत ए र पाकिस्तान ए ले अन्तिम चारमा स्थान बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस