२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गत वर्ष काठमाडौँमा ७ हजार १०१ बैङ्किङ कसुरका मुद्दा

अ+ अ-

काठमाडौँ ।  काठमाडौँ जिल्लामा एक वर्षमा बैङ्किङ कसुरमा सात हजार एक सय एक मुद्दा दर्ता भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँ आज पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७९/८० को एक वर्षमा काठमाडौँभित्र बैङ्किङ कसुरसम्बन्धी सात हजार एक सय एक मुद्दा दर्ता भएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा बैङ्किङ कसुरको मुद्दा दोब्बरले बढेको जानकारी दिए ।

‘आव २०७८/७९ मा तीन हजार सात सय १५ मुद्दा दर्ता भएको थियो । आव २०७९/८० मा सात हजार एक सय एक मुद्दा दर्ता भएका छन्, अघिल्लो आवको तुलनामा पछिल्लो आवमा दर्ता भएका मुद्दाको सङ्ख्या झन्डै दोब्बर हो’, उनले भने ।

यस्तै, आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा चोरीको घटनामा समेत वृद्धि भएको छ । आव २०७८/७९ मा चार सय ६० चोरीका घटना दर्ता भएका थिए भने आव २०७९/८० मा छ सय ४७ चोरीका घटना दर्ता भएको परिसरले जनाएको छ ।

यसैगरी, आव २०७९/८० मा लागु औषधमा तीन सय ६८ मुद्दा दर्ता भएका छन् । सोही आवमा काठमाडौँभित्र तीन सय ४१ जनाले आत्महत्या गरेको तथ्याङ्क छ । ज्यानसम्बन्धी कसुर आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा घटेको छ ।

आव २०७८/७९ मा ३७ जनाको हत्या भएको थियो भने आव २०७९/८० मा २७ जनाको हत्या भएको परिसरका प्रमुख कार्कीले बताउनुभयो । काठमाडौँमा अपराध अनुसन्धानमा महत्त्वपूर्ण साधन मानिने सिसिटिभी बिग्रिएका कारणले सोचेजस्तो काम हुन नसकेको उहाँको भनाइ छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँ मातहतमा एक हजार ७७ सिसिटिभी जडान भएको भए पनि हाल जम्मा पाँच सय ३२ सिसिटिभीमात्र चालु अवस्थामा रहेका छन् । सिसिटिभी जडानका लागि हालैमात्र काठमाडौँ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाले प्रहरीसँग सम्झौता गरेर काम अगाडि बढाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस