२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोषिलो खाना कार्यक्रमबाट सात सय ४८ सुत्केरी लाभान्वित

अ+ अ-

काठमाडौँ । सुत्केरी आमालाई पोषिलो खाना कार्यक्रमअन्तर्गत स्याङ्जामा सात सय ४८ सुत्केरी लाभान्वित भएका छन् ।

जिल्लाभित्र तथा जिल्ला बाहिरका स्वास्थ्य संस्थाबाट सुत्केरी भएका आमालाई पोषिलो खाना कार्यक्रमअन्तर्गत जनही नौ हजार उपलब्ध गराइएको स्वास्थ्य कार्यालयका प्रमुख वसुन्धरा शर्माले बताइन् ।

अति विपन्न, दलित, अपाङ्ग र लोपोन्मुख समुदायका सुत्केरी आमा र बच्चा कुपोषणको जोखिममा हुने सम्भावना प्रबल हुने हुँदा गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

आमा तथा बालबालिकाको पोषण सुधार गर्न सुत्केरी भएको ४५औँ दिनसम्म पोषिलो खानाका लागि पोषण उपलब्ध गराई उनीहरूको पोषण अवस्थामा सुधार गरी स्वास्थ्य अवस्था सुदृढ गराउने उद्देश्य रहेको उनले बताइन्।

“लक्षित समूहका सुत्केरी महिलालाई दिनको रु दुई सयका दरले ४५ दिनको एकमुष्ट रु नौ हजार उपलब्ध गराउछौँ”, उनले भने, “उक्त कार्यक्रम सञ्चालन गर्न मन्त्रालयबाट स्याङ्जामा रु ९५ लाख रकम विनियोजन गरिएको थियो ।”

उनले सुत्केरी आमाको नाममा नागरिकता नहुनु, आफ्नै बैंक खाता नहुनु, परिचय खुल्ने कागजात नहुनु लगायतका कारणले गर्दा सेवा लिनबाट बञ्चित भएको बताइन्। “मन्त्रालयबाट स्याङ्जामा रु.९५ लाख बजेट विनियोजन भएकामा रु ६७ लाख ३२ हजार लक्षित लाभग्राहीलाई उपलब्ध गरायौँ”, उनले भने, “आवश्यक कागजात नहुनु, नागरिकता प्राप्त नगर्नु, सुत्केरी आमाको नाममा बैंक खाता नहुनु लगायतका कारणले विनियोजन भएको बजेट पूरै खर्च हुन सकेन ।”

भुक्तानी लिन सम्बन्धित वडा कार्यालयबाट लक्षित वर्गअन्तर्गत पर्ने भनी गरिएको सिफारिस, व्यक्तिको परिचय खुल्ने कागजात, जन्म प्रमाणपत्र, सुत्केरी महिलाका नाममा खोलिएको बैंक खाताको चेकको प्रतिलिपिलगायतका कागजात आवश्यक पर्ने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस