काठमाडौँ । राजधानीमा जारी सातौँ संस्करणको प्रधानमन्त्री कप महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग च्याम्पियन सीपअन्तर्गत आज भएको पुरुषतर्फको खेलमा टिपटप हेल्प नेपाल विजयी भएको छ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा टिपटप हेल्प नेपालले विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३–२ को सेटमा पराजित गर्दै विजयी भएको हो।
हेल्प नेपालले एपएिफमाथि २७-२५, २५-१७, २१-२५, २३-२५ र १६-१४ ले पराजित गर्दै विजयी भएको हो। यस जितसँगै हेल्प नेपालले फाइनल पुग्ने सम्भावना बलियो बनेको छ। अब लिग चरणको अन्तिम खेलमा हेल्प नेपालले भोलि शुक्रबार त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ।
प्रतियोगितामा पुरुषतर्फ सात टोलीको सहभागिता रहेको छ भने महिलातर्फ छ टोलीको सहभागिता रहेको छ।प्रतियोगिताको फाइनल खेल यही असार ३० गते हुनेछ।