२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिजो गठबन्धनको पछि थिएनौँ, आज एमालेको पछि पनि छैनौँ : रवि लामिछाने

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरू कुनै पार्टीको पनि पछि नलागेको बताएका छन्। 

संसदीय पत्रकार मञ्चका नवनिर्वाचित पदाधिकारीको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै लामिछानेले आफूहरूले स्वतन्त्र रूपले निर्णय गरिरहेको बताए। 

आफूहरू पुस १० को सहमतिमा सकुन्जेलसम्म टिकेको भन्दै लामिछानेले सहमति नै टुटेपछि सरकारमा बसिरहनु आवश्यकता नभएको बताए। राष्ट्रपति चुनावमा रामचन्द्र पौडेललाई सघाउने निर्णय गर्दा सत्तामै जान लाग्यो भनेर टिप्पणी गरिएको र अहिले प्रतिपक्षमा रहँदा एमालेको पछि लागेको आरोप लगाउने गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

‘अहिले प्रतिपक्षमा एमाले हामीभन्दा ठूलो दल भएको हुनाले एमालेको पछि लाग्यो भन्ने ट्याग निर्माण गर्न खोजिएको छ। हामी एमालेको पछि लाग्ने होइन।’ उनले भने‚‘हामी त जनताको मुद्दाको पछि लाग्ने हो‚ न हिजो हामी काँग्रेसको पछि थियौँ। न माओवादीको पछि हौँ। न एमालेको पछि हौँ। प्रतिपक्षी बेञ्चमा एमाले सँगै छौँ। जनताका जीविकाका साझा मुद्दा पनि होला। अलग मुद्दा पनि हुन्छन्।’

आफूहरू स्थायित्वको पक्षमा रहेको भन्दै लामिछानेले समीकरण फेरबदलको रेसमा नभएको बताए ।

प्रतिक्रिया दिनुहोस