काठमाडौँ । विवादित बनेको घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आईपीओ पुनः सुचारु हुने भएको छ।
नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनको अनलाइन प्रणाली सी(आस्वा दर्ता भएका आवेदनहरूमा आवेदकले सेयर कित्ता थपघट गर्न वा आवेदन फिर्ता गर्न सक्ने गरी आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।
यस्तै आवेदन फिर्ता वा थपघट गर्न निष्कासन तथा बिक्री प्रबन्धकले सूचना प्रकाशित गरेको मितिले तीन दिनको समय दिने निर्णय भएको बोर्डले जनाएको छ।
यदि ३ दिनको अवधिमा कम्पनीको सबै सेयर बिक्री नभएमा थप ७ दिनको समय मात्रै थप गर्न सक्ने गरी धितोपत्र बोर्डले निर्णय गरेको छ।

