काठमाडौँ । जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतबाट फरार दुई जना पक्राउ परेका छन् ।
शुक्रबार बिहान हिरासतबाट भागेका बर्दियाको मधुवन नगरपालिका-५ का १९ वर्षका अजय नेपाली र २० वर्षका राजा नेपाली शनिबार बिहान पौने एक बजे पक्राउ परेका हुन् ।
उनीहरू ज्यान मार्ने उद्योग मुद्दामा असार ८ गते पक्राउ परेका थिए । उनीहरूलाई मधुवन नगरपालिका–५ को बेलझुण्डी सामुदायिक वन क्षेत्रबाट पक्राउ परेका प्रहरीले जनाएको छ ।