२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्माण प्रक्रियामा रहेको नयाँ संसद भवन पत्रकार मैत्री हुनुपर्छ : अध्यक्ष तिमिल्सिना 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निमार्ण प्रक्रियामा रहेको नयाँ संसद भवन पत्रकारमैत्री हुनुपर्ने बताएका छन् । 

संसदीय मामिला पत्रकार समाजको आठौं अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा तिमिल्सिनाले संसदको नयाँ भवनमा फोटा, छापा, टेलिभिजनलगायत अन्य सबैलाई सहज ढङ्गले सेवाहरू पाउने व्यवस्था हुनुपर्ने बताए । उनले यी सेवा सुविधा भए संसदको प्रभावकारितालाई बढाउने र संसद्लाई आम नागरिकसँग जोड्ने काम गर्ने बताए । 

उनले भने, संसदको नयाँ भवनहरू बन्दै छन्, मैले सुरु देखि नै त्यहाँ गएर अवलोकनहरू गर्ने गरेका छौ । र मिडिया मैत्री हुनुपर्छ, सहजै रूपमा पहुँच र सुविधाहरू हुने गरी सबै प्रकारका फोटो पत्रकारिता, छापा पत्रकारिता, टेलिभिजन सबैलाई राम्रो सुविधाका साथ कुनै अपमान नि नहुने सहज ढङ्गले सबै सेवाहरू पाउने व्यवस्था भयो भने त्यसले संसदको प्रभावकारितालाई बढाउँछ र संसद्लाई आम नागरिकसँग जोड्न सक्छ । 

अध्यक्ष तिमिल्सिनाले सभामुख, अध्यक्ष र अरु मन्त्रीले के गर्‍यो  भन्दा पनि कुन विधेयक के कारणले कुन समितिमा थन्किएको छ भनेर बुझ्ने हो भने सम्बन्धित संस्थालाई दबाब पर्ने बताए । 

उनले भने, विधेयक थन्क्याउने विषयमा हामीले हेर्नै पर्ने हुन्छ । कुन विधेयक यहाँ आएर कति बस्यो, कुन समितिले किन राख्यो त्यसलाई उजागर गर्नुपर्छ । सभामुखले, अध्यक्षले, अरु मन्त्रीले के गर्‍यो भन्ने कुरा खोज्दै लेख्ने तर विधेयकको विषयमा नलेख्ने अनि संसदीय मामिला के हुन्छ । विधेयकको बारेमा पनि आउने हो भने सम्बन्धित संस्थालाई दबाब पर्छ काम हुन्छ । 

कमी, कमजोरी देखाउनको लागि गरिएको आलोचना विकासको लागि आवश्यक भएको पनि अध्यक्ष तिमिल्सिनाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस