काठमाडौँ । पशुपतिनाथ मन्दिरमा भोलि (बुधबार) जलहरी राख्ने तयारी गरिएको छ । जलहरी राख्दा सुनमा अनियमितता गरेको आशङ्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।
छानबिनका क्रममा आयोगसहितको टोलीले आइतबार पशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको जलहरी नापजाँच गरेको थियो।
आयोग उच्च स्रोतका अनुसार बुधबार बिहान ८ बजे जलहरी राख्ने तयारी छ । पशुपतिनाथ मन्दिरका मूल भट्टमार्फत जलहरी राख्न भारतबाट कालिगड र लाह बोकेर टोली आज नेपाल आइसकेको छ ।