काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका छन्।
नेकपा एमाले र रास्वपाले मङ्गलवार प्रतिनिधि सभामा सरकारको जवाफ मागेपछि अर्थमन्त्री महतले भने, ‘निर्वाचन कार्यालय अहिले जसरी रहेको छ, त्यसरी नै रहनेछन्। अझ सबल बनाउने काम हुन्छ।’