२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री खड्का र अष्ट्रेलियन राजदूतबीच शिष्टाचार भेट

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेटवार्ता गरेकी छन् ।

बुधबार सिंहदरवारस्थित रक्षा मन्त्रालयमा शिष्टाचार भेटका क्रममा उपप्रधानमन्त्री खड्काले नेपाल र अष्ट्रेलियाबीच घनिष्ठ सम्बन्ध रहेको बताए । साथै उनले वर्तमान सरकार दुईपक्षीय सम्बन्ध विस्तार गर्नमा प्रतिबद्ध रहेको र यसका लागि काठमाडौँस्थित अष्ट्रेलियन राजदूतको विशेष भूमिका रहने समेत बताए ।

खड्काले कोभिड-१९ को समयमा अस्ट्रेलियाबाट प्राप्त खोप एवं अन्य सहयोगको निम्ति धन्यवाद दिँदै नेपाली विद्यार्थीहरू अष्ट्रेलियाका विभिन्न शैक्षिक संस्थाहरूमा अध्ययन गर्न जाने विद्यार्थीहरूको सुरक्षा एवं संरक्षणका लागि अष्ट्रेलियन सरकारको तर्फबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

साथै उनले रक्षा क्षेत्रमा दुई देशका सेनाबीच तालिम एवं विभिन्न प्रकारका कार्यक्रमहरूमा सहकार्य हुँदै आइरहेको कुरा उल्लेख गर्नु हुँदै आगामी दिनमा यस्तो सहयोग विस्तार गर्ने पर्याप्त सम्भावना रहेको विचार व्यक्त गरे । आफ्नो कार्यकालमा नेपाल र अष्ट्रेलियाबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन आफू प्रतिबद्ध रहेको मन्त्री खड्काले बताएका थिए ।

खड्काले राजदूतलाई आफ्नो नियुक्तिउपर दिएको बधाई एवं शुभकामनाका निमित्त धन्यवाद व्यक्त समेत गरेका थिए ।

भेटका क्रममा रक्षा मन्त्रालय एवं परराष्ट्र मन्त्रालय सहसचिवहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस