२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डक सञ्जालबाट जोडियो मङ्गला र ताराखोला

अ+ अ-

म्याग्दी । म्याग्दीको मङ्गला र बागलुङको ताराखोला गाउँपालिका सडक सञ्जालबाट जोडिएका छन् ।

गण्डकी प्रदेश सरकार र मङ्गला गाउँपालिकाको सहयोगमा उपभोक्ता समितिमार्फत म्याग्दीको मङ्गला–३ बरङ्जा, वडा नं ४ को महेश, धापुङ हुँदै ताराखोला गाउँपालिकाको सिर्खु जोड्ने सडक निर्माण भएको हो ।

सडक निर्माण भएपछि म्याग्दीको सिङ्गा तातोपानीबाट ताराखोला गाउँपालिकाको केन्द्र भातखानेडाँडा दुई घण्टामै पुग्न सकिने भएको मङ्गला–४ धापुङका उमेश विश्वकर्माले बताए । “यसअघि मङ्गलाको अर्मन–किमचौर हुँदै ताराखोला पुग्न चार घण्टा लाग्ने गरेको थियो”, उनले भने, “बीस किलोमिटर दूरीको सडक निर्माण भएपछि तातोपानीबाट दुई घण्टामै ताराखोला पुग्न सकिने भएको छ ।”

तारा खोलाका बासिन्दालाई बागलुङको सदरमुकाम पुग्न पनि यो सडक छोटो र छिटो भएको छ । दुई पालिकाका करिब एक हजार घरधुरी यो सडकबाट प्रत्यक्ष लाभान्वित भएका छन् । आवतजावत, निर्माण सामग्री ढुवानी र कृषि उपज निकासीका साथै अस्पताल पुग्न छिटो र सहज भएको धापुङका मनबहादुर थजालीले बताए ।

सडकमा जिप, ट्र्याक्टर र मोटरसाइकल सञ्चालन हुन थालेका छन् । तातोपानीबाट सिर्खुसम्मको सडक निर्माणमा चालु आर्थिक वर्षमा मङ्गला गाउँपालिका र गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले तीन वटा खण्डमा आयोजना सञ्चालन गरेका थिए ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारको रु १० लाख र मङ्गला गाउँपालिकाको रु १४ लाख अनुदानमा धापुङ–गुन्थाने–सिर्खु खण्डको दुई किलोमिटर पाँच सय मिटर मार्ग खोलिएको छ । न्यूखोला–एक्लेचिहान–महेश–धापुङ सडकअन्तर्गत करिब तीन सय मिटर भिरमा मार्ग खोल्न यस वर्ष प्रदेश सरकारको रु १० लाख र गाउँपालिकाको रु १० लाख लगानी भएको छ ।

प्रदेश सरकारबाट सडक स्तरोन्नतिका लागि थप रु १० लाख लगानी भएको उपभोक्ता समितिले जनाएको छ । यसैगरी पखेर–जल्केनी–टुनीडाँडा हुँदै महेश जोड्ने तीन किलोमिटर सडकको मार्ग निर्माण गर्न प्रदेश सरकारबाट रु २५ लाख लगानी भएको छ ।

यस आयोजनाका लागि म्याग्दी क्षेत्र ९२० बाट निर्वाचित प्रदेशसभा सदस्यसमेत रहेका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीको सिफारिसमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट रु १५ लाख थपिएको छ ।

प्रतिक्रिया दिनुहोस