२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सङ्घीय शिक्षा विधेयक चाँडै पेस हुने आशा छ : सभामुख घिमिरे

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारले सङ्घीय शिक्षा विधेयक चाँडै सदनमा पेस गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ, नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्स लिमिटेडको संयुक्त आयोजनामा आजदेखि भृकुटीमण्डपमा सुरु भएको ‘आठौँ कान्तिपुर हिसान एडुफेयर’को आज उद्घाटनमा सभामुख घिमिरेले शैक्षिक क्षेत्रमा चासो र प्रतीक्षा भएकाले उक्त विधेयक चालु अधिवेशनमै आउनेमा आशा व्यक्त गरेका हुन् ।

उनले नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्र बनाउन सरकारी र निजी क्षेत्रबाट समन्वयको खाँचो औँल्याए । कार्यक्रममा प्रतिनिधिसभाका सदस्य रञ्जु झा, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलगायतको सहभागिता थियो ।

‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ सुरु भएको मेला आगामी असार ३ गतेसम्म चल्नेछ । मेलामा ७५ शैक्षिक संस्थाका कक्ष रहने हिसानका अध्यक्ष रमेश सिलवालले जानकारी दिए ।

मेलामा स्वदेशका गुणस्तरीय तथा उत्कृष्ट शिक्षाका बारेमा जानकारी र परामर्श दिइने मेलाका संयोजक टङ्कराज आचार्यले बताए ।

मेलामा विद्यालय तहका संस्था, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का कक्ष छन् ।

प्रतिक्रिया दिनुहोस