काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता रामकुमार शर्माले नागरिकता नपाएकाहरूको न्यायका लागि सत्याग्रहमा बस्ने घोषणा गरेका छन् ।
नेता शर्माले नागरिकता प्रदान गर्ने आदेश अविलम्ब नआए असार १ गतेदेखि सत्याग्रहमा बस्न बाध्य हुने चेतावनी दिएका हुन् ।
बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै संविधानसभा सदस्यसमेत रहेका शर्माले नागरिकता विधेयक सम्बन्धी आदेश अविलम्ब सर्वोच्च अदालतबाट नआए सत्याग्रहमा बस्ने चेतावनी दिएका हुन् ।
नागरिकता सम्बन्धी आदेश सर्वोच्चबाट नआउँदा लाखौँ नेपाली बिचल्लीमा परेकाले उनीहरूलाई नागरिकता दिनु पर्ने उनको माग छ ।