काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दोस्रो पटक पनि विश्वासको मत पाएका छन् ।
नेकपा एमालेले जेठ १ गते समर्थन फिर्ता लिएपछि यादवले आज विश्वासका मत लिएका हुन् ।
उनलाई प्रमुख प्रतिपक्षी एमालेसहित सदनका सबै दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् ।