काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बैतडीले स्वचालित विद्युतीय टोकन प्रणाली शुरु गरेको छ ।
सेवाग्राहीलाई सहजरूपमा सेवा दिनका लागि स्वचालित विद्युतीय टोकन प्रणाली शुरु गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।
उनले प्रशासनसँग भने, ‘अब सेवाग्राहीलाई सहज हुनेछ, समयको बचतसँगै लाइन बस्नुपर्ने लगायतका समस्या समाधान हुनेछन् ।’

गत असारदेखि सो प्रणाली लागु गरिएको भएपनि स्वचालित थिएन् । सोही प्रणालीको शुक्रबारबाट पुनः शुभारम्भ गरिएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए ।
प्रशासन कार्यालय मार्फत प्रदान हुने सेवालाई पारदर्शी र प्रभावकारी बनाउन स्वचालित विद्युतीय टोकन प्रणालीको व्यवस्था गरिएको उनले बताए ।
अब जिल्ला प्रशासन कार्यालयमार्फत प्रवाह गरिने नागरिकता, नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचय पत्रको विवरण दर्ता लगायतका सेवा स्वचालित विद्युतीय टोकन प्रणालीका आधारमा प्रवाह गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।