२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मौरिस हर्गोज पदमार्गको प्रवर्द्धन गर्दै अन्नपूर्ण गाउँपालिका

अ+ अ-

अन्नपूर्ण (म्याग्दी) । म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोही मौरिस हर्गोजको नाममा पहिचान गरिएको पदमार्ग प्रवर्द्धन थालिएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण प्रथम हिमाल आठ हजार ९१ मिटर अग्लो छ । नारच्याङदेखि अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने पदमार्गको प्रवर्द्धनका लागि जनप्रतिनिधि, कर्मचारी, पर्यटनकर्मीलगायतको टोलीले पैदल यात्रा थालेका हुन् । सन् १९५० जुन ३ तारिखमा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेका थिए । हर्गोजले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई उनकै नाममा नामकरण गरिएको छ ।

आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये पहिलो मानव पाइला परेको अन्नपूर्ण जेठो हिमाल हो । मौरिसले अन्नपूर्ण आरोहण गरेको तीन वर्षपछि सन् १९५३ मे २९ तारिखमा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका एडमण्ड हिलारीले सगरमाथा पहिलो पटक आरोहण गरेका थिए । आधार शिविर पदयात्रामा जान लागेको टोलीलाई बिहीबार पोखरेबगरमा गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन र उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले बिदाइ गरेकी थिइन् ।

प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीको नेतृत्वमा कार्यपालिकाका सदस्य, पर्यटन व्यवसायीसहित ३० जनाको टोली नारच्याङ–छोटेपा–हुमखोला हुँदै आज बिहान आधार शिविर प्रस्थान गरेको छ । पोखरेबगरदेखि हुमखोलासम्म गाडीमार्फत गएको टोलीले त्यहाँदेखि चार हजार एक सय मिटर उचाइमा रहेको आधार शिविरसम्म पैदल यात्रा गर्ने कार्यक्रम छ । आधार शिविरमा दौड प्रतियोगिता र पर्यटन प्रवर्द्धन सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरिने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए ।

गाउँपालिकाका अध्यक्ष पुनले सहजरुपमा छोटो पैदल यात्रा गरेपछि पुगिने र सुरक्षित अन्नपूर्ण आधार शिविरमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । नारच्याङका तेज गुरुङको अगुवाइमा २०६८ सालमा पहिचान भएको मौरिज हर्गोज पदमार्गको प्रचारप्रसारका लागि यसअघि २०७६ सालमा प्रथम अन्नपूर्ण महोत्सवको आयोजना गरिएको थियो ।

‘अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने पदमार्ग तयार भएको सन्देश प्रवाह गर्नु हाम्रो उद्देश्य हो’, अध्यक्ष पुनले भने, ‘हुमखोलादेखि एकै दिनको पैदल यात्रा गरेर आधार शिविर पुगिने पदमार्गको बारेमा जानकारी नहुँदा धेरै आरोही र पर्यटक हेलिकप्टरबाट जाने गरेका छन् ।’

उपाध्यक्ष तिलिजाले मौरिसको पाइला पछ्याएर तयार पारिएको पदमार्ग सुरक्षित र सहज भएको बताए । ‘अन्नपूर्ण र नीलगिरि खोलाको किनारै किनार, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तु, झरनाको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ’, उनले भने, ‘आधार शिविरमा रहेको नारच्याङ पञ्चकुण्ड तालको धार्मिक महत्त्व पनि छ ।’

मानव बस्तीदेखि टाढा रहेको आधार शिविर जाने पदमार्गमा बाटो, पुल, आश्रयस्थल, सञ्चारलगायतका पूर्वाधार निर्माणका लागि अध्ययन थालिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस