गृहसचिवको निर्देशन अनुसार मान्दारितापूर्वक जिम्मेवारी निर्वाह गर्न अर्यालको आग्रह  « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

गृहसचिवको निर्देशन अनुसार मान्दारितापूर्वक जिम्मेवारी निर्वाह गर्न अर्यालको आग्रह 


४ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गृहसचिव दिनेश भट्टराईबाट भएका निर्देशनलाई अक्षरस पालना गरी ईमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गर्न सशस्त्रका कर्मचारीहरूलाई निर्देशन दिएको छन् । 

महानिरीक्षक अर्यालले सङ्गठनका राष्ट्रसेवकहरू व्यावसायिक कौशल र बफादारिता एवं लगनशीलताका साथ परिचालित हुँदै नागरिक सुरक्षा, विपद्

उद्धार तथा व्यवस्थापन र सीमा सुरक्षामा दरिलो खम्बा बनेर अहोरात्र परिचालित भइरहेको भन्दै राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको रक्षाका खातिर सशस्त्र प्रहरी बल नेपाल सदा सर्वदा प्रतिबद्ध रहेको बताए । 

उनले ईमान्दारिताको पर्याय सशस्त्र प्रहरी बल हो भन्ने मान्यता स्थापित गर्ने अभिप्रायका साथ सङ्गठनका हरेक सदस्यहरूलाई नैतिकवान्, चरित्रवान र अनुशासित बनेर राष्ट्र सेवा गर्न प्रोत्साहित गरिरहेको समेत बताए । 

महानिरीक्षक राजु अर्यालले राज्यको मेरुदण्डको रूपमा रहेको राजश्व एवं भन्सार वृद्धि गर्ने कार्यमा भन्सार कर्मचारी, प्रहरी, स्थानीय व्यापारी लगायतका सम्बन्धित सरोकारवालाहरू सबैको रचनात्मक सहयोग अपरिहार्य हुने बताउँदै सशस्त्र प्रहरी राज्यको राजश्व सङ्कलन लक्ष्य हासिल हेतु भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई कडाइका साथ कार्यान्वयन गर्न –गराउन, सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, चोरीपैठारी तस्करी नियन्त्रण लगायत नेपाल सरकारले अवलम्बन गरेका नीतिहरूलाई दृढताका साथ पालना गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय निरीक्षण भ्रमणका क्रममा गृहसचिव दिनेश भट्टराईले नेपाल सरकार गृह मन्त्रालय नेतृत्वबाट अगाडि सारिएका

गृहसचिव भट्टराईले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुको निरीक्षण भ्रमण क्रममा मूल्य मान्यता, निष्ठा र आदर्शलाई आत्मसाथ गर्दै कानून र विधिद्वारा स्थापित आफ्नो जिम्मेवारीहरू समेत मनन गर्दै राष्ट्र र जनतालाई केन्द्र भागमा राखेर तोकिएको जिम्मेवारीहरू व्यावसायिक ढङ्गले उच्च मनोबलका साथ बहन गर्न सङ्गठनका सम्पूर्ण कर्मचारीहरूलाई निर्देशन दिएका थिए ।

सम्बन्धित समाचार : गृहसचिव भट्टराईद्वारा राष्ट्र र जनतालाई केन्द्र भागमा राखेर काम गर्न निर्देशन 

Tags :
प्रतिक्रिया दिनुहोस