काठमाडौँ । काठमाडौँ महानगरपालिका–६ बौद्ध तिनचुलीबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।
रिन्छेन शेर्पाको होटेल कमलाछीमा जुवातास खेलिरहेको अवस्थामा रिन्छेनसमेत १० जनालाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो ।
उनको होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त भएपछि प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २५ हजार ७ सय ३० रुपैयाँ र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो।