काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एउटा काण्डको छानबिन गर्दैमा सरकारको नै सफलता भन्न नसकिने बताएका छन् ।
शनिवार काठमाडौँको नक्शालमा नागरिक अगुवाहरू मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपबिरुद्ध वृहत आन्दोलनमा पत्रकारहरिसँग कुरागर्दै सभापति लामिछानेले यस्तो बताइएका हुन् ।
उनले सरकारले एउटा काण्डको अनुसन्धान खोल्दैमा सरकारलाई नै सफलता भन्दा अलि धेरै हुने भन्दै अन्य धेरै लाइनमा रहेका काण्डहरू अनुसन्धान भए सरकारको सफलता मान्ने बताए । उनले भुटानी शरणार्थी काण्डलाई सरकारले सुरुवात बिन्दु मानेको भए सरकारलाई धन्यवाद दिनुपर्ने बताए । उनले सरकारले अन्य लाइनमा रहेको काण्डहरू अनुसन्धान अघि बढाउन रोकिन नहुने बताए । उजले कुनै पनि पार्टी र पार्टीका शीर्ष नेताहरुले कसैले पनि विषयान्तर गर्न नहुने बताए। उनले आफ्नो दलको लागि दोषीलाई बचाउने,छेक्ने ढाँट्ने नगर्न आग्रह गरेका छन् ।