काठमाडौँ । नेपाल रग्बी सङ्घले विश्व रग्बी सङ्घको पूर्ण सदस्यता प्राप्त गरेको छ ।
नेपाल रग्बी सङ्घका महासचिव गोविन्द घिमिरेले बिहीबार विश्व रग्बीले नेपाललाई पूर्ण सदस्यता प्रदान गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
सन् २०१४ मा एसिया रग्बीको एसोसिएट सदस्यता पाएको नेपालले २०१८ मा पूर्ण सदस्यता पाएको थियो । त्यसपछि ‘गेट इन्टु रग्बी’ कार्यक्रम सञ्चालनसँगै घरेलु गतिविधिमा सक्रियता बढाउँदै गएको नेपालले विश्व रग्बीको पूर्ण सदस्यता पाएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टङ्कलाल घिसिङले निकै ठूलो परिश्रम र सङ्घर्षपछि नेपालले विश्व रग्बीको पूर्ण सदस्यता पाएको बताए ।